चितवन सेरोफेरो

सुरक्षीत बचतको १५औ साधारण सभा सम्पन्न

सुरक्षीत बचतको १५औ साधारण सभा सम्पन्न

कालिका, असोज ०३ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले बार्षिक प्रतिवेदन, सचिव लालुप्रसाद दाहादले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कविता न्यौपानेले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीबेक्षण समितिका संयोजक विष्णुमणि लामिछानेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त चार प्रतिबेदन साधारण सभाको बन्दसत्रले सर्वसम्मत पारित गरेको छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहेको कार्यक्रममा निर्वतमान अध्यक्ष शित्तलकाजी श्रेष्ठ सहित १६ जना उत्कृष्ट बचतकर्ता, १५ जना उत्कृष्ट ऋणि शेयर सदस्य, ३ जना निर्वाचन समिति, ३ जना ज्येष्ठ…
Read More
खैरहनीमा जितिया बिशेष कार्यक्रम सम्पन्न

खैरहनीमा जितिया बिशेष कार्यक्रम सम्पन्न

तराईको आदिवासी जनजाती भुमिपुत्र थारु समुदायको विशेष महिलाहरुले मनाउने महानपर्व जितीया रौनक सुरू भएको छ । थारु समुदायको परम्परागत पहिरनमा सजिएर महिलाहरु सामूहिक रुपमा झाम्टा नाच्दै जितीयाको दर खाएर मनाईरहेकाछन् । थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पूर्वी चितवनको खैरहनी नगरपालिका ९ मा रहेको बैरहनी युवा क्लवले जितीया विशेष झमटा कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी थारु समुदायका महिलाहरुले शुभकामना आदान प्रदानसमेत गरेका छन् । बैरहनी युवा क्लवको आयोजना तथा स्कुल टोल बिकास समिती बैरहनी, ब्रम्हस्थानी टोल बिकास समिती , थारु कलाकार सभा, थारु पत्रकार संघ र थारु कल्याण कारिणी सभा को सह-आयोजनामा कार्यक्रम भएको हो । यो पर्व आश्विन कृष्णपक्षको…
Read More
बछौली नारी चेतना बचत तथा ऋण  सहकारीको साधारण सभा सम्पन्न

बछौली नारी चेतना बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

रत्ननगर । बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारण सभा शुक्रवार गरिएको छ । वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष बविता चौधरीले बार्षिक प्रतिवेदन,सचिव माला दाहालले प्रगति प्रतिवेदन,कोषाध्यक्ष देवकी कुमारी अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक शान्ता अधिकारी पराजुलीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने २० जना विद्यार्थी,उत्कृष्ट बाल बचतकर्ता ५ जना,शेयर बृद्धि गर्ने ६ जना, ज्येष्ठ शेयर सदस्य र जनजाती शेयर सदस्य एक एक जना, बृद्ध शेयर सदस्य ३ जना, एकल सदस्य ३ जना, असल बचत र असल…
Read More
विपीलाई सम्झिदै विरेन्द्र क्याम्पसमा रक्तदान

विपीलाई सम्झिदै विरेन्द्र क्याम्पसमा रक्तदान

भाद्र २३ चितवन जननायक वी.पी. कोईरालाको १०९ औं जन्म जयन्तीको अवसर पारेर भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको इकाइ समितिले रक्तदान कार्यक्रम गरेको छ । काँग्रेसको केन्द्रीय कार्यक्रम अन्र्तगतको ‘जनताको साथमा कांग्रेस ’ अभियानको सन्दर्भ पारेर नेविसंघले खुल्ला रक्तदान कार्यक्रम गरेको हो । २१ म्हिला सहित एक सय एक जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले रचनात्मक काम गरेर समाज परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । रगत अभाव भएका बेला युवाहरुले यसमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए । ईकाई सभापति कुमार जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाली…
Read More
१ करोड लागतमा पिठुवामा सुबिधा समपन्न सभाहल बन्दै

१ करोड लागतमा पिठुवामा सुबिधा समपन्न सभाहल बन्दै

चितवन । रत्ननगर १६ पिठुवामा सुविधा समपन्न सभाहल निर्माण हुने भएको छ । बुधबार रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र उप मेयर यादव प्रसाद पाठकले उक्त भवनको शिलान्यास गर्नु भयो । न्यू पिठुवा स्पोर्ट्स क्लबसंग सहकार्य गरी सभाहल निर्माण प्रक्रिया सुरु गरिएको होे । साविक पिठुवा गाविस अतार्थ वडा नं १४, १५ र १६ मा एउटा राम्रो सभाहल बनाउन माग भए बमोजिम सभाहल निर्माण गर्न थालिएको मेयर सापकोटाले जानकारी दिए । उक्त हल निर्माणसँगै खेलकुद तथा सभा सम्मेलन गर्न अन्यत्र जानु नपर्ने हुन्छ । कार्यक्रममा उपमेयर यादबप्रसाद पाठकले पिठुवा क्षेत्रमा सभाहलको आवश्यकता महसुुस गरी निर्माण गर्न लागिएको बताए । नगरपालिको…
Read More
रत्ननगरमा निशुल्क आँखा सिविर सम्पन्न

रत्ननगरमा निशुल्क आँखा सिविर सम्पन्न

रत्ननगर नगरपालिका वडा नं १० पर्सौनीमा सञ्चालित एकदिने आँखा शिविरबाट करिव दुई सय भन्दा बढी लाभान्वित भएका छन्। लियो क्लब अफ नारायणगढ चित्रवन र एम डि मोटर्सको संयुक्त आयोजनामा सञ्चालित शिविरमा मङ्गलबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो। चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा रत्ननगरका आँखाका विभिन्न समस्याबाट ग्रसित बिरामीहरु र सवारी चालक र सहचालकले सेवा लिएका थिए। अस्पतालको दुरी टाढा र विविध कारणले अस्पताल पुग्न नसकी आँखामा समस्या भएकाहरूले सेवा लिएका हुन। कार्यक्रममा रत्ननगर १० का वडा अध्यक्ष कलाधर पौडेल, निवर्तमान वडा अध्यक्ष केशव अाचार्य, जिल्ला ट्राफिक कार्यालयका कृष्ण ठकुरी , एम डि मोटर्सका प्रमुख दानस…
Read More
सौराहा लेडी जेसिजको आयोजनामा भाषणकला तालीम सम्पन्न

सौराहा लेडी जेसिजको आयोजनामा भाषणकला तालीम सम्पन्न

सौराहा लेडी जेसिजको पाचौं बार्षिकोत्सवको अवसरमा प्रभावकारी भाषणकला तालीम सम्पन्न भएको छ। सौराहा लेडि जेसिजकी संस्थापक अध्यक्ष जेसि सुजता बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल जेसिका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसि शिव प्रसाद भुसालले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रमको अतिथीहरुमा मातृशाखा सौराहा जेसिजका अध्यक्ष जेसि बिकास श्रेष्ठ जेसिजका पुर्व अध्यक्ष सगै रत्ननगर नगरपालिका वडा नम्बर ६ र ७ का वडा सदस्यहरु रहनुभएको थियो। सौराहा लेडि जेसिजकी कार्यकारिणी उपाध्यक्ष बुधनी चौधरीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष जेसि लक्ष्मी विडारी, मातृशाखाका पुर्व अध्यक्ष जेसि सुर्य तमाङ्ग लगायतले सुभकामना प्रदान गर्नु भएको थियो। महिलाहरुमा नेतृत्व क्षमता अभिवृद्धि गराउन र सामाजिक…
Read More
पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति रोकिन पर्छ : उप मेयर पाठक

पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति रोकिन पर्छ : उप मेयर पाठक

रत्ननगर नगरपालिकाका उप प्रमुख यादवप्रसाद पाठकले व्यवस्था परिवर्तन भए पनि विधि परिवर्तन हुन नसकेको बताएका छन्। नगरपालिकामा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले ऐन, कानुनको सन्दर्भमा हालै आएको भूउपयोग नीति २०७९ व्यावहारिक नभएको र यो कुनै हालतमा लागू हुन नसक्ने जिकिर गरे । उनले प्रधानमन्त्री कृषि परियोजना एकद्वार नीतिमार्फत ल्याउनुपर्नेमा जोड दिए । उनले पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति खारेज हुनुपर्ने बताए । पाठकले पहुचका आधारमा बजेट हाल्ने अनि योजना अलपत्र छाड्ने त्यसको अनुगमन गर्ने निकाय पनि नहुने हुदाँ जनताले सास्थि पाएको भन्दै स्थानीय सरकारले अनुगमन गर्न सक्ने कानुन बनाउन समेत आग्रह गरेका थिए । संघीयता कार्यान्वयनमा आइसकेपछि पनि…
Read More
एड्वान को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन,अध्यक्षमा बिन्दु परियार थापा

एड्वान को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन,अध्यक्षमा बिन्दु परियार थापा

नेपाल दलित महिला उत्थान संघ (एड्वान) को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन आज चितवन सौराहामा सम्पन्न भएको छ । अधिवेशनले बिन्दु परियार थापा को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन भएका छन् l २३औँ साधारण सभाले परियारको अधक्ष्यतामा तिर्थ विक उपाध्यक्षमा,पम्फा थापा परियार महासचिव,पम्फा नेपाली सचिव तथा कोषाध्यक्षमा सपना सुनार लाई सर्वसहमत चयन गरेको हो । यस्तै सदस्यहरुमा राममाया विक र सपना परियार रहेका छन् । संघका अध्यक्ष पम्फा परियारज्यूको अध्यक्षतामा एवं नीति अनुगमन समितिको सभापति तथा एकिकृत समाजवादी पोलिटब्युरो सदस्य तथा एड्वान सल्लाहकार निरु जैरुज्यूको प्रमुख आतिथ्यता र सस्थापक अध्यक्ष तथा सरक्षक डा.विष्णु माया परियारज्यूको विशिष्ट आतिथ्यतामा उक्त साधारण…
Read More
खैरहनीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न १८६ जना लाभान्वित

खैरहनीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न १८६ जना लाभान्वित

खैरहनीमा सञ्चालित एकदिने शिविरबाट एक सय ८६ जना लाभान्वित भएका छन्। खैरहनी नगरपालिका र उधोग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा सञ्चालित शिविरमा शनिबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो। चौधरी पोलिक्लिनिक, चितवन डेन्टल केयर, भरतपुर आँखा अस्पताल, केयर पोलिक्लिनिक र सामुदायिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा खैरहनी १२ का विभिन्न रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरूले सेवा लिएका थिए। आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालको दुरी टाढा हुँदा समस्या भएकाहरूले सेवा लिएका थिए। बृहत निशुल्क स्वास्थ्य सिविरका कार्यक्रम संयोजक किरण बुर्लाकोटीका अनुसार शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा, छाला रोग,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.