प्रवास

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोटः छ जनाको ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोटः छ जनाको ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा छ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ । राजधानी ढाकाबाट झण्डै दुईसय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए ।
Read More
अस्ट्रेलियाका सिड्नीमा १२ वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या

अस्ट्रेलियाका सिड्नीमा १२ वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या

अस्ट्रेलियाको सिड्नीमा एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ । गोली प्रहारका बेला उक्त व्यक्तीका छोरा साथमै रहेका प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ । प्रहरीले यो संगठित अपराधको लक्षित आक्रमण भएको आशङ्का गरेको छ । ४० वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासका बाबजुद उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको कारण भने खुलेको छैन । प्रहरी अनुसन्धान जारी छ । हिंसात्मक उक्त आक्रमणबाट ती किशोरलाई मानसिक आघात…
Read More
सुडानका ४० लाख बालबालिकालाई कुपोषण

सुडानका ४० लाख बालबालिकालाई कुपोषण

संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ । सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो । तीमध्ये छ लाख ११ हजार बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्याहरु देखिँदै आएको छ । जसका कारण त्यहाँका नागरिक समस्यामा परेका छन् । खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा…
Read More
चार महिनादेखि साउदीमा अलपत्र एक नेपाली महिलाको उद्धार

चार महिनादेखि साउदीमा अलपत्र एक नेपाली महिलाको उद्धार

साउदी अरबमा चार महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ । दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुग्नुभएकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले आङ्बोलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए । महावाणिज्यदूतावासले आङ्बोलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो । गैर–आवासीय नेपाली संघको सहयोगमा उहाँलाई हिजो बुधवार जहाजमार्फत नेपाल पठाएको महावाणिज्यदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।
Read More
वैदेशिक रोजगार विभागमा सेवाग्राहीको नारा जुलुस बढेपछि प्रवेशमा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

वैदेशिक रोजगार विभागमा सेवाग्राहीको नारा जुलुस बढेपछि प्रवेशमा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

सेवाग्राहीले नारा जुलुस गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ । काम गर्ने वातावरण नै प्रभावित भएपछि असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा कडाइ गरिएको विभागले जनाएको छ । अब विभागमा काम परेर जानेहरूले आफ्नो परिचय खुल्ने कागजात बोकेर गएमा मात्र प्रवेश पाउनेछन् । असम्बन्धित व्यक्तिले भने प्रवेश पाउने छैनन् । पछिल्लो समय विभागमा न्याय सम्पादनको काम नगरेको भन्दै सेवाग्राहीले काम चलिरहेकै बेलामा नारा जुलुस गर्ने र अमर्यादित भाषाको समेत प्रयोग गर्ने क्रम बढेको छ । सेवाग्राहीको नारा जुलुस र अन्य गतिविधिका कारण काम गर्ने वातावरण नै प्रभावित भएको भन्दै विभागले काम कारबाहीप्रति केही गुनासो भएमा…
Read More
फ्लोरिडाको वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुईजनाको ज्यान गयो, तीन घाइते

फ्लोरिडाको वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुईजनाको ज्यान गयो, तीन घाइते

फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा हिजो मंगलबार भएको विस्फोट र आगलागीमा परी दुईजनाको ज्यान गएको छ भने अन्य तीनजना घाइते भएका छन् । मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । दुर्घटनाको छानविन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि उक्त दुर्घटना भएको हो । सोमबारको विस्फोटमा एकजनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो ।
Read More
टर्कीमा भुकम्प गएको दुई सातापछि फेरी गयो ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, तीनको मृत्यु, सयौं घाइते

टर्कीमा भुकम्प गएको दुई सातापछि फेरी गयो ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, तीनको मृत्यु, सयौं घाइते

टर्कीमा ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि फेरी हिजो सोमबार६.३ म्याग्नेच्युडको भूकम्प गएको छ । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको उक्त भुकम्पमा परि कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ । टर्कीका अधिकारीहरुले हिजो सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको जनाइएको छ । टर्की र सिरियाका दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको…
Read More
ब्राजिलमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी ३६ जनाको ज्यान गयो

ब्राजिलमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी ३६ जनाको ज्यान गयो

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी–पहिरोबाट साओ पाउलो सहरमा ३५ जना र उबातुबा सहरमा एक बालिका गरी ३६ जनाको ज्यान गएको बताइएको छ साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा दुईसय २८ जना घरबारविहीन भएका छन् । तीनसय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी–पहिरोमा हराएका तथा घाइते भएकाहरूका बारेमा भने अधिकारीहरुले जानकारी नदिएको बताइएको छ । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच सहरमा आपत्काल घोषणा गर्नुभएको छ । साथै उहाँले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर…
Read More
बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन तीन दिने भ्रमणको लागि नेपाल आउँदै

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन तीन दिने भ्रमणको लागि नेपाल आउँदै

बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन यहि फागनु २४ गते नेपाल आउनु हुने भएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । उहाँको नेपाल भ्रमण यहि फागुन २४ देखि २६ सम्म हुनेछ । उहाँले भ्रमणका दौरानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उहाँले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्नुहुनेछ । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको…
Read More
भारतको बीबीसी कार्यालयमा आयकर विभागले गर्यो तीन दिनसम्म खानतलासी

भारतको बीबीसी कार्यालयमा आयकर विभागले गर्यो तीन दिनसम्म खानतलासी

भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ । भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा मंगलबार, अस्ति बुधवार र हिजो बिहिवार गरी तीन दिनसम्म निरन्तर खानतलासी गरेका हुन् । बीबीसीले बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही हप्तापछि बीबीसीको भारतमा रहेको कार्यालयमा आयकर विभागले खानतलासी गरेको हो । वृत्तचित्र सन् २००२ मा गुजरातमा भएका मुस्लिमविरोधी हिंसामा मोदीको भूमिकामा केन्द्रित छ । त्यसबेला मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.