सिन्धुलीमा कार दुर्घटनामा ज्यान गुमाएका चारै जनाको परिचय खुल्यो
सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेहरूमा भारतको बिहारका अभिषेक ठाकुर, राकेशकुमार सिङ, मनु सिङ र गवर सिङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तीन जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि सिन्धुली अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । कारमा सवार रहेका पाँच जनामध्ये धर्मेन्द्रकुमार सोनी घाइते हुनुभएको छ । उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गएराति साढे १२ बजे पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक दुर्घटनामा परेको थियो । उक्त…
सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरो ः तीन शेर्पा आरोहीको ज्यान गयो
सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–एक भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ । सगरमाथाको पाँचहजार सातसय मिटरको उचाइमा हिमपहिरोमा परी तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा गरी तीनजनाको आज बिहान मृत्यु भएको हो । बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ…
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा काठमाडौंका राणा पक्राउ
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागले नै राणालाई पक्राउ गरी कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही पत्रअनुसार राणालाई चैत २८ गते कपनबाट पक्रेर थप कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना…
तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने बारको चेतावनी
तत्काल प्रधानन्यायाधीश र न्यायाधीहरूको नियुक्ति नगरे आन्दोलन गर्ने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ । आज बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालतमा पनि रिक्तता देखिएको र जिल्लामा समेत ५० न्यायाधीश खाली रहेको भन्दै तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो । अब न्यायालय न्यायाधीश नभएर न्यायनिरूपण नै गर्न नसक्ने अवस्थामा रहिरहन नसक्ने बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताउनुभयो । उहाँले भन्नभयो– “हामीले सरकारलाई अल्टिमेटम दिएका छौँ । नियुक्ति भएन भने केही समयभित्रै बार आन्दोलनमा उत्रिन्छ ।” उहाँले बार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको मूलमर्मलाई आत्मसात् गर्दै निरन्तर क्रियाशील रहेको…
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक जना पक्राउ
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एक जनालाई पक्राउ गरेको छ । । पक्राउ पर्नेमा सन्देश शर्मा रहेको बताइएको छ ।शर्मालाई कार्यालयको टोलीले आज बुधबार दिउँसो पक्राउ गरेको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ । यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो । उनीहरूले विभिन्न व्यक्तिहरूबाट पाँचदेखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ । गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ…
इमान बेच्नेहरूका लागि रास्वपाको ढोका बन्द रहन्छः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहने बताउनुभएको छ । चितवनमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बिक्रीमा राख्नेहरू आफ्नै पार्टीभित्रका र हिजो आफूसँगै हिँडेकाहरू भएपनि पार्टीको ढोका बन्द गरिने बताउनुभएको हो । लामिछानेले इमानको यात्रामा हजारौं जोडिएका र को कुन उद्धेश्यका लागि जोडिएका छन् भनेर बुझ्न समय लाग्ने बताउनुभयो । बुझ्नका लागि समय लाग्दै गर्दा रास्वपामा जोडिएकाहरूले पार्टीले बनाएको विधिमात्रै मानिदिए पुग्ने उहाँको भनाई थियो । उहाँले संगै हिँडेका सहयात्रीले बाटो बिराए भने उनीहरूका भारी आफूले नबोक्ने पनि बताउनुभयो । ‘इमान किन्न गौँडागौँडामा मान्छे बसेका छन् । तर, बेच्नेले नबेच्यो…
चितवनमा सवारी लाइसेन्सको वायोमेट्रिकदेखि ट्रायलका सबै सेवा स्थगित
चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धि सबै सेवा स्थगित भएको छ । सेवा सुरु भएको तेस्रो दिनमा नै केन्द्रीय सर्भरमा समस्या आएपछि सेवा स्थगित गर्नुपरेको यातायात व्यवस्था कार्यालय चितवनले जनाएको छ । केन्द्रीय सर्भरमा समस्या देखिएकोले वायोमेट्रिकदेखि प्रयोगात्मक परीक्षा (ट्रायल)सम्मको सबै सेवा स्थगित भएको कार्यालयले जानकारी दिएको छ । सर्भरमा समस्या देखिएको भन्दै कार्यालयले हिजो (मंगलबार) वायोमेट्रिक लिने कार्य स्थगित गरेको हो । त्यस्तै, मंगलबार नै लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न नसकिएको यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिनुभयो । आज हुने भनेको ट्रायल परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय सर्भरमा आएको समस्या…
रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ
रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ हिजो मंगलबार रत्ननगर–१६ वडा कार्यालय परिसरमा भएको छ । कार्यक्रममा २५ जना नगरवासीले आ–आफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका विविध जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख प्रल्हाद सापकोटाले नगरवासीलाई भेदभावरहित ढङ्गले छिटोछरितो सेवा प्रवाह भइरहेको प्रष्ट पार्दै जोकोहीले मेयरसँग प्रत्यक्ष भेटेर गुनासा राख्न र सेवा लिन सक्ने वातावरण सिर्जना गरेको बताउनुभयो । जनप्रतिनिधिका हिसाबले आलोचना सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने नीति रहेको बताउँदै कुनै पनि बहानामा ढिलासुस्ती गर्ने, सेवाग्राहीलाई दुःख दिनेजस्ता काम रत्ननगरमा नहुने उहाँको भनाई छ । नेपालका सात सय ५३ पालिकामध्ये सबैभन्दा छिटो सेवा प्रवाह रत्ननगरबाट हुँदै आएको उहाँको…
चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी
चितवनको भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रिसोर्टका तीन वटा सेमिनार हलमा आगो लागेको हो ।आगो निभाउन भरतपुर महानगरपालिकाका दुई दमकल पुगेका छन् ।