हेडलाईन

बैतडीको झौलेकमा जीप दुर्घटना, छ जनाको गयो ज्यान

बैतडीको झौलेकमा जीप दुर्घटना, छ जनाको गयो ज्यान

बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप गएराति साढे ११ बजे जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा बझाङका एकै गाउँका छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ज्यान गुमाउनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चालकसहित १२ जना सवार उक्त जीपमा…
Read More
एक महिनामा भित्रियो एक खर्ब चार अर्ब रेमिट्यान्स

एक महिनामा भित्रियो एक खर्ब चार अर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा एक खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९–८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार रेमिट्यान्स उक्त रकम बराबर भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ । चालु आवको फागुनसम्म कुल सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको छ । अब यस्तो रकम छ अर्ब नौ करोड पुगेको छ ।
Read More
श्रीमति बलात्कार आरोपमा कपिलवस्तुका न्यायाधीश गिरी पक्राउ

श्रीमति बलात्कार आरोपमा कपिलवस्तुका न्यायाधीश गिरी पक्राउ

कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ पर्नुभएको छ । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उहाँ काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिनुभयो । न्यायाधीश गिरीविरुद्ध बलात्कारको उजुरी परेपछि उहाँलाई न्याय परिषदले छानबिनमा तानेको थियो ।
Read More
मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश निःशुल्क

मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश निःशुल्क

अब आउँदो वैशाख पहिलो सातादेखि नेपालमा हुने एसीसी प्रिमियर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने नेपालको खेल हेर्न दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन् वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा हुने तय भएको छ । जसअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने खेलहरूमध्ये नेपालको खेलमा दर्शकहरूलाई खेल हेर्नका लागि कुनै शुल्क नलिइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । “कागेश्वरी–मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मूलपानीमा हुने नेपालको खेल निःशुल्क गर्न आग्रह गर्नुभएपछि क्यानले उक्त आग्रह स्वीकार गरेर मूलपानीमा हुने नेपालको खेल हेर्नका लागि दर्शकलाई टिकट शुल्क नलिई निःशुल्क प्रवेश दिने निर्णय गरेको हो ।…
Read More
चिकित्सा शिक्षा आयोगविरुद्ध माइतीघर मन्डलमा चिकित्सकहरूको प्रदर्शन

चिकित्सा शिक्षा आयोगविरुद्ध माइतीघर मन्डलमा चिकित्सकहरूको प्रदर्शन

चिकित्सा शिक्षा आयोगका पछिल्ला कदम विरुद्ध आज माइतीघर मन्डलमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र एमडी–एमएस‚ एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले ‘मेहनत र मेरिटको सम्मान गर’‚ ‘एमईसीले बुझ्ने कहिले हो‚ दुईभन्दा एक पहिले हो’‚ ‘अस्पतालमा डाक्टर खै मण्डला न्याय माग्न पुग्या छन्’ लगायतका प्लेकार्ड बोक्दै शान्तिपुर्ण प्रदर्शन गरेका थिए । अदालतको आदेशको भावना र मर्मअनुसार आयोगले विश्वव्यापी परीक्षाको मेरिटोक्रेसीको सिद्धान्तविपरीत पारदर्शिता नभएको र प्राग्माटिज्मको मर्म मिच्ने गरी म्याचिङ गरिएकोप्रति नेपाल चिकित्सक संघले समेत ध्यानाकर्षण गराएको छ । संघले मेरिटोक्रेसीको सिद्धान्तविपरीत गरिएको म्याचिङ…
Read More
लुम्बिनीको राजधानी देउखुरीमा २५ अर्ब खर्चेर आधुनिक शहर बनाइने

लुम्बिनीको राजधानी देउखुरीमा २५ अर्ब खर्चेर आधुनिक शहर बनाइने

लुम्बिनीको प्रादेशिक राजधानी देउखुरीमा २५ अर्बको लागतमा आधुनिक शहर निर्माणको योजना अघि बढाइने भएको छ । गत चैत १७ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले प्रादेशिक राजधानी निर्माणको विस्तृत योजना प्रमाणीकरण गरेको थियो । योसँगै प्रादेशिक राजधानी शहर निर्माणका लागि बाटो खुलेको हो । प्रदेश पूर्वाधार विकास प्राधिकरणको गुरुयोजना अनुसार पहिलो चरणमा २५ अर्बको लागतमा भौतिक पूर्वाधार विकासको काम अघि बढाइनेछ । जस अनुसार आगामी पाँच वर्षभित्र प्रदेश सरकारका सबै प्रशासनिक भवन तथा कार्यालयहरु निर्माण हुनेछन् । जहाँ १० वटा मन्त्रालय भवन, मन्त्री निवास, कर्मचारीको निवास, निर्देशनालय लगायतका भवनहरु निर्माण गरिनेछन् । त्यस्तै राप्ती नदीको दुबै किनारमा पक्की तटबन्ध निर्माण…
Read More
हतियार प्रदर्शन गरेको आरोपमा चक्रे मिलनका ‘सहयोगी’ पक्राउ

हतियार प्रदर्शन गरेको आरोपमा चक्रे मिलनका ‘सहयोगी’ पक्राउ

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले बाँकेको चिसापानीबाट पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताउनुभयो । नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन जानुभएका मिलनसँग पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो बोगटीले सामाजिक सञ्जाल(टिकटक) मा पोस्ट गर्नुभएको थियो । बोगटीको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोे छ । प्रहरीका अनुसार उहाँले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । लाइसेन्स लिएको भएपनि प्रदर्शन गर्न नपाइने हुनाले सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि…
Read More
नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ । नवीकरण भएको पत्र लिन दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ । नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।
Read More
भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

चितवनको भरतपुर अस्पतालमा नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरी कोरोनाको नक्कली रिपोर्ट बनाएको पाइएको हो । अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा रिएजेन्ट अभाव भएकाले कोभिड– १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ । तर, एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी…
Read More
न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन हुनुभएको छ । कम्पनीको हिजो सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । कम्पनीको सचिव पदमा भुपेन्द्र कर्माचार्य चयन हुनुभएको छ भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी चयन हुुनुभएको हो । यस्तै गु्रपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन हुनुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवन लगायत अन्य जिल्लाहरुमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । ‘हामी सबैको आ– आफ्नै विजनेश र पेशा छ श्रेष्ठले भन्नुभयोे, यो गु्रपमा हामीले संयुक्त लगानी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.