प्रदेश

पिसाब गर्ने क्रममा करेन्ट लागेर मृत्यु

पिसाब गर्ने क्रममा करेन्ट लागेर मृत्यु

ललितपुर, पुस २३ । ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार पिसाब फेर्ने क्रममा करेन्ट लाग्दा कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेको थाहा भएको थियो ।
Read More
ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

कैलाली, पुस २३ । कैलालीमा गए राति ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ३६ वर्षीय वीरबहादुर चौधरीले चलाएको रा१त ४६५३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस
Read More
बाँकेमा बाघ आतङ्क: तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेमा बाघ आतङ्क: तीन महिनामा तीन जनाको लियो ज्यान

राँझा, पुस २३ । बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ । बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेको छ । केही दिनअघि राप्तीसोनारीका वडा नं…
Read More
गुण्डागर्दीमा संलग्न दुई पक्राउ

गुण्डागर्दीमा संलग्न दुई पक्राउ

काभ्रेपलाञ्चोक, पुस २३ । जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ । महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार गोलेले पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पुर्‍याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई ‘मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ५ को सार्वजनिक हित,…
Read More
ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँच जनाविरुद्ध राजस्व छलीको मुद्दा

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँच जनाविरुद्ध राजस्व छलीको मुद्दा

काठमाडौँ, पुस २० । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेको प्रकणका मुख्य अभियुक्त शोभाकान्त ढकालमाथि राजस्व छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसनधान विभागले मंगलबार ढकालसहित पाँचजना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठका विरुद्धमा उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको हो। विभागले एक अर्व वीस करोड उनन्चास लाख सत्र हजार आठ सय चौविस रुपैयाको बिगो र सोही बराबरको जरिमाना गरी दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ असुल गर्ने दाबीसहित मुद्दा दायर गरेको हो। शोभाकान्त सञ्चालक…
Read More
‘बुस्टर डोज’ खोप अभियान रोक्ने सरकारको निर्णय

‘बुस्टर डोज’ खोप अभियान रोक्ने सरकारको निर्णय

काठमाडौं, पुस २० । सरकारले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने कार्य स्थगित भएको जनाएको छ । थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएको जनाएकी छिन् । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको थियो । तर, सरकारले बुस्टर डोज चाहिँ भनेको छैन । उसले ‘खोपको एक अतिरिक्त मात्रा’ भनेको छ । सरकारले चैतसम्म लक्षित जनसंख्यालाई खोप लगाइसक्ने…
Read More
कपिलवस्तुमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु, ४ घाइते

कपिलवस्तुमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु, ४ घाइते

कपिलवस्तु, पुस २० । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।
Read More
२० वर्षमा हात्तीको आक्रमणबाट नेपालमा २७४ जनाको मृत्यु

२० वर्षमा हात्तीको आक्रमणबाट नेपालमा २७४ जनाको मृत्यु

पुस २० । २० वर्षयताको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २ सय ७४ जनाको मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको एक अध्ययनले हात्तीबाट ज्यान गएकाको तथ्याङ्क सार्वजनिक गरिएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सोमबार सार्वजनिक गरेका हुन् ।हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको ज्यान गुमाएका छन् । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । त्यसैगरी पर्सामा २१, बारामा २०, सिरहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको हात्तीको आक्रमणबाट ज्यान गएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा…
Read More
धनकुटामा बहुला कुकुरको टोकाइबाट १२ घाइते

धनकुटामा बहुला कुकुरको टोकाइबाट १२ घाइते

धनकुटा, पुस २० । बहुला कुकुरको टोकाइबाट सोमबार १२ जना घाइते भएका छन् । घाइते भएका मध्ये १० जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । दुई जनाको अवस्था भने गम्भीर रहेको अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए । एक नाबालक र ९० वर्षिया वृद्धालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा नगरपालिका ५, ६ र ७ वडा सबैभन्दा बढी प्रभावित रहेको प्रहरीले जनाएको छ । बालमन्दिर, कर्मीटार, चुलीवन, हुलाकटोललगायत क्षेत्रका स्थानीयलाई बहुला कुकुरले टोकेको छ । कुकुर मार्न धनकुटा नगरपालिकाले नगर प्रहरी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।
Read More
आजदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै

आजदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै

काठमाडौँ, पुस २० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको बताए । मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ । बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.