सञ्जय दवाडी

165 Posts
बिपि कोईराला युवा मंच चितवनको अध्यक्षमा लामिछाने

बिपि कोईराला युवा मंच चितवनको अध्यक्षमा लामिछाने

इतिहासको कालखण्डमा विपि कोइरालावाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणाहरु आजको समयमा पनि हाम्रो लागि प्रेरक छन, सामायिक छन र राष्ट्र निर्माणका लागि मार्ग निर्देशन गरिरहेका छन। उहाँका विचारलाई आजको जीवन सापेक्षतामा गतिशील ढंगले बुझ्ने, विश्लेषण गर्ने र भावी पिढिको सपना संग एकाकार गर्ने गुरुत्तर दायित्व आजको युवा पंक्तिले निर्वाह गर्नुछ। त्यसैले लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमानै सम्मुन्नत समाजको सपना देख्ने युवाहरूको नेतृत्व एंब ब्यक्तित्व विकास गर्दै जननायक बिश्वेस्वरप्रसाद कोइरालाका विचारहरुलाइ समाजको हरेक तह र तप्कामा पुर्याउने उदेश्यका साथ गठन भएको विपि कोइराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्यसमिति चितवनको साधरण सभा / अधिवेशनले युवा ब्यक्तित्व श्री…
Read More
देवघाट घोषणापत्र जारी गर्दै नेपाल ढकाल समाजको राष्ट्रिय सम्मेलन  सकियो ,

देवघाट घोषणापत्र जारी गर्दै नेपाल ढकाल समाजको राष्ट्रिय सम्मेलन सकियो ,

देवघाटधाम , ६ बुँदे देवघाट घोषणा पत्र जारी गर्दै नेपाल ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय सम्मेलन सकिएको छ । राष्ट्रिय भेलामा ६४ जिल्ला बाट ३७६ सहभागीहरु भएका थिए । उपमन्यु ऋषि, ढकाल थर, कुल पूजाबिधि तिथि मितिका विषयमा छलफल भएको भेलाले “देवघाट घोषणापत्र २०७९“ घोषणा गरेको हो । ढकाल समाजका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले सम्मेलन सफल भएको दावी गर्नु भयो । ‘ सबै उपमन्यू गोत्रिय ढकालहरु खोज्ने काम भएको छ , ’ उहाँले भन्नुभयो , ‘ सबैलाई एकै थलोमा ल्याउन सम्मेलन सफल भएको छ । ’ सम्मेलनले उपमन्यु गोत्रीय ढकालहरुको वंश खोजी गरी लिपीबध्द गर्न नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला…
Read More
चितवनमा अचानो प्रहार गरी श्रीमानको हत्या

चितवनमा अचानो प्रहार गरी श्रीमानको हत्या

✍️अनुप पौडेल भरतपुर,मंगलबार बेलुकी ४ः२० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं २१ पार्वतीपुरका ५६ वर्षीय टीकाराम विक आफ्ने घरभित्र मृत अवस्थामा फेला परेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहान १० बजेको समयमा श्रीमानश्रीमतीबीच झगडा हुँदा ५४ वर्षीया श्रीमती बिनमाया विकले घरमै रहेको अचानोले टाउकोमा श्रीमानको हान्दा उक्त चोट लागेको बुझिन आएको बताएको छ । आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गीतानगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ढोकाको चुकुल फुटाई हेर्दा मृतक टीकाराम खुट्टाले भुईंमा टेकी टाउको र जिउको भाग खाटमा घोप्टो अवस्थामा रहेको र निजको तालुको भागमा…
Read More
झुवानीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

झुवानीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

रत्ननगर रत्ननगर ५ झुवानीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ। रत्ननगर ४ सिनेमा रोडमा रहेको अनुराग फार्मेसी र लायन्स क्लब अफ चितवन राईनो सिटिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको अनुराग फार्मेसीका संचालक टेक प्रसाद सापकोटा 'बाशु' ले जानकारी दिनुभएको छ। झुवानी माध्यमिक विधालयको प्राङ्गणमा संचालन भएको उक्त निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा चितवन मुटु अस्पतालका वरिष्ठ फिजिसियन सन्तोष शर्मा भुसालले करिव १७० जना विरामीको स्वास्थ परिक्षण र आवश्यकता अनुसारको निशुल्क औसधि वितरण गरिएको सापकोटाले बताउनु भएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंको प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रम क्लबका अध्यक्ष लायन जनक ढुङ्गानाको सभापतित्वमा सप्पन्न भएको हो।
Read More
रत्ननगरमा न्यु सुभम काष्ठ उधोग संचालनमा

रत्ननगरमा न्यु सुभम काष्ठ उधोग संचालनमा

✍️अनुप पौडेल रत्ननगर । रत्ननगर १० पर्सौनीमा न्यु शुभम् काष्ठ उद्योग एण्ड फर्निचर सञ्चालमा आएको छ । देवौलीमा सहमिल सहित पसौनीमा स्वरुम स्थानपना गरिएको सञ्चालक राजकुमार पराजुलीले जानकारी दिए । आईतबारबाट सञ्चालनमा आएको उक्त फर्निचरमा दराज, पलङ, झ्याल ढोकाको चौकोस, मोडुलर किचनका साथै फर्निचरका सम्पुर्ण सामाग्री पाईने पराजुलीले बताए । हाल उक्त फर्निचरको स्वरुप राप्तीको भण्डारामा समेत राखिएको छ । ओपनिङको अवसरमा सामान खरिद गर्दा प्रत्यक सामानमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको दीलिप कुमार लाभले जानकारी दिए ।
Read More
रत्ननगरमा अपाङ्गता भएका महिलाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न

रत्ननगरमा अपाङ्गता भएका महिलाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न

रत्ननगर । चितवनको रत्ननगरमा अपाङगता भएका महिलाहरुको अधिकारका सम्बन्धमा संयुक्त राष्ट्रसंघीय महासन्धी र दिंगो विकास लक्ष्यमा उल्लेखित अधिकार बारे सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल नेत्रहिन महिला संघ नेपालले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुलाई अपाङगता भएका व्यक्तिहरुको विकासको लागि सरकारले बनाएका ऐन,नियम,कानुन र सेवा सुविधाको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय सरकारले अपाङगता भएका व्यक्तिहरुको जीविकोपार्जन तथा अधिकारी प्राप्तीका लागि गर्नुपर्ने जिम्मेवारीको विषयमा छलफल गरिएको नेपाल नेत्रहिन महिला संघकी केन्द्रीय सदस्य सकुन्तला पोखरेलले जानकारी दिइन । कार्यक्रममा नेपाल नेत्रहिन संघका महासचिव शिशिर खनालले अपाङ्गताको अबधारण,परिचय र स्थानीय सरकार सञ्चालन ऐन र उपसचिव निरा अधिकारीले कानुनी व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत…
Read More
प्रिन्स को नयाँ गित बजारमा

प्रिन्स को नयाँ गित बजारमा

बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । नेपालीहरुको माहान पर्व हरितालिका तीज पर्वलाई लक्षित गर्दै बाल गायक सिलवालको आफ्नै अफिसियल यूटुबच्यानल मार्फत गित सार्वजनिक गरिएको हो । बाध्यताले विदेसिनु परेको बुबा, भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ । म्यूजिक भिडियोमा गायक प्रिन्स सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबूढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय गरेका छन् । यो गीतमा प्रिन्स सिलवाललाई सन्ध्या बुढा (काउलीबूढी) ले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीतलाई अदेश गुरुमछानले एरेन्ज गरेका हुन् । सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका हुन् । गीतलाई…
Read More
एसईईको नतिजामा भरतपुरको बाल्मिकी सर्वोत्कृष्ट

एसईईको नतिजामा भरतपुरको बाल्मिकी सर्वोत्कृष्ट

चितवन एसईईको नतिजा अनुसार भरतपुरको बाल्मिकी बोर्डिङ चितवनको संस्थागत विद्यालयमध्ये सर्वोत्कृष्ट भएको छ । चितवनबाट एसईई परिक्षा उत्र्तिण हुने मध्ये निजि विद्यालय तर्फबाट बाल्मिकीका सनिस सापकोटाले मात्रै ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधवार सार्वजनिक गरेको एसईईको नतिजा अनुसार चितवनको संस्थागत विद्यालयमध्ये बाल्मिकीका सापकोटाले मात्रै ४ जिपिए ल्याएका हुन् । संस्थागत विद्यालय तर्फ सनिस नेपाल प्रथम भएको बाल्मिकी बोर्डिङका प्राचार्य प्रदिप पौडेलको दावी छ । बाल्मिकी स्कूलबाट २०३ जनाले एसईई दिएका थिए । विद्यार्थी मध्ये ३६ जनाले ‘ए’ प्लस ल्याए । ६१ जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ३९ जनाले ‘बी’, ११ जनाले ‘सी’ प्लस र ३ जनाले…
Read More
टिकटमा सर्प समायर भाइरल   यमलाल भण्डारीले गरे अपाङ्ग जीवन विकाश संस्थालाई टेलिभिजन हस्तान्तरण

टिकटमा सर्प समायर भाइरल यमलाल भण्डारीले गरे अपाङ्ग जीवन विकाश संस्थालाई टेलिभिजन हस्तान्तरण

अनुप पौडेल ✍️✍️ चितवन । सर्प उद्धार कर्ता यमलाल भण्डारीले गैडाकोटमा रहेको अपाङ्ग जीवन विकाश संस्थालाई टेलिभिजन हस्तान्तरण गरेका छन् । सामाजिक ब्यत्तिव्त अर्जुन सापकोटा सँगै भण्डारीले केहिदिन अगाडी टिकटकमा हालेको भिडियो हेरे पछि जापान बस्ने एनआरएनएका सह कोषध्यक्ष टंक प्रसाद गैरे र उहाँकी धर्म पत्नी मिना गैरेले उक्त टेलिभिजन उपलब्ध गराउनु भएको थियो । सर्प उद्धार कर्ता यमलाल भण्डारीले संस्थाका सञ्चालक बालकृष्णलाई हस्तान्त्रण गर्नु भएको थियो । २२ जना अपाङ्ग आश्रीत उक्त आश्रममा चाड पर्व नजिकिएसँगै मनोरञ्जनको लागि टेलिभिजन उपलब्ध गराईएको हो सर्प उद्धार कर्ता भण्डारी सर्प संरक्षणसँगै मानव सेवामा समेत सक्रिय देखिने गरेका छन् । उनले केहि दिन…
Read More
एसईई को नतिजा सार्वजनिक

एसईई को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिडको कारण गएको दुई बर्ष आन्तरिक मुल्यांकन बाट नतिजा सार्वजनिक भएकोमा यो बर्ष बिद्यार्थीहरुले भौतिक उपस्थितिमै परीक्षा दिएका थिए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.