चितवनमा राइटपाथको ग्रान्ड एजुकेशन कन्क्लेभ, सहभागिलाई अफरै अफर
रत्ननगर, जेठ ३ । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’को सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । राइटपाथले काठमाडौं र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ बिहीवार (आज) हेटौँडा र शुक्रवार (भोली) आफ्नै कार्यालयमा आयोजना गर्दैछ । राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने खैरहनीको पर्सामा रहेको म्याङ्गो हलमा फ्रिमुभी टिकेट र आर्कषक गिफ्ट ह्याम्फरको व्यवस्था छ । यसैगरी यूएस लक्षित २५ हजार सम्मको…