रेडियो अर्पण

797 Posts
नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ । नवीकरण भएको पत्र लिन दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ । नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।
Read More
भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

चितवनको भरतपुर अस्पतालमा नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरी कोरोनाको नक्कली रिपोर्ट बनाएको पाइएको हो । अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा रिएजेन्ट अभाव भएकाले कोभिड– १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ । तर, एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी…
Read More
न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन हुनुभएको छ । कम्पनीको हिजो सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । कम्पनीको सचिव पदमा भुपेन्द्र कर्माचार्य चयन हुनुभएको छ भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी चयन हुुनुभएको हो । यस्तै गु्रपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन हुनुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवन लगायत अन्य जिल्लाहरुमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । ‘हामी सबैको आ– आफ्नै विजनेश र पेशा छ श्रेष्ठले भन्नुभयोे, यो गु्रपमा हामीले संयुक्त लगानी…
Read More
छात्रालाई अश्लील सामग्री देखाउने शिक्षकलाई एक वर्ष कैद

छात्रालाई अश्लील सामग्री देखाउने शिक्षकलाई एक वर्ष कैद

छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला सुनाएको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद र १५ हजार जरिवाना गर्नुका साथै चार सय पीडित राहतकोषमा जम्मा गर्न भनेको छ । त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही रु १० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको छ । अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो । यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार हुनुहुन्छ । बालयौन दुव्र्यवहार…
Read More
जनमत पार्टीका सांसद खानलाई निलम्बनको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना

जनमत पार्टीका सांसद खानलाई निलम्बनको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना

पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानले अश्लिल हर्कत गरेको भन्दै राष्ट्रिय एकता अभियानले उहाँलाई निलम्बनको माग गर्दै केन्द्रिय कार्यालयमा भर्ना दिएको छ । सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताउनुभएको छ । उहाँले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दावी पनि गर्नुभएको छ । अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उहाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो ।
Read More
विशेषज्ञ नर्सको नाम दर्ताका लागि अब परीक्षा दिनुपर्ने

विशेषज्ञ नर्सको नाम दर्ताका लागि अब परीक्षा दिनुपर्ने

नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ । काउन्सिलले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षमार्फत नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ । त्यसका लागि अनलाइन आवेदन खुला गर्ने र आवेदकहरुको परीक्षा लिएपश्चात् मात्रै लाइसेन्स दिइने सूचनामा उल्लेख छ । यसअघि, काउन्सिलले शैक्षिक प्रमाणपत्र तथा योग्यताको प्रमाण पुग्ने कागजातका आधारमा विशेषज्ञ नर्सको नाम दर्ता गर्दै आएको थियो । २०२३ को मार्चसम्म काउन्सिलमा एक हजार तीनसय २६ विशेषज्ञ नर्स दर्ता छन् ।
Read More
कैलालीमा एसईई सकेर घर फर्किँदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटना ः एक जनाको ज्यान गयो, तीन जना घाइते

कैलालीमा एसईई सकेर घर फर्किँदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटना ः एक जनाको ज्यान गयो, तीन जना घाइते

कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते तीन जनाको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ । अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । ज्यान गुमाउने ठगुन्ना र घाइतेहरु चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
Read More
चितवनको भरतपुर अस्पतालमा सेवा विस्तार

चितवनको भरतपुर अस्पतालमा सेवा विस्तार

चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पिआइसियुको अभाव रहँदै आएकामा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआइसियु र १४ वर्षमाथिकालाई आइसियुमा राखेर उपचार गर्ने गरिन्छ…
Read More
रत्ननगरको सौराहामा साइकल र्याली अभियान सम्पन्न

रत्ननगरको सौराहामा साइकल र्याली अभियान सम्पन्न

रत्ननगर नगरपालिका–६ सौराहमा आज साइकल र्याली अभियान सम्पन्न भएको छ । संरक्षणमा युवा नारा लिएको सौराहा जेसीजले प्राकृतिक र वन्यजन्तुको संरक्षणको विषयमा साइकल र्याली अभियान सञ्चालन गरेको हो । जेसीजका अध्यक्ष सुरेश भुसालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देवचुली जेसीजका अध्यक्ष गणेश सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सापकोटाले साइकल र्याली अभियानले प्रकृतिक र वन्यजन्तुको संरक्षण मात्र नभई साइकल यात्राले मानिसलाई समेत स्वस्थ राख्न मदत पु¥याउने बताउनुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम् सौराहा जेसीजका अध्यक्ष भुसालले प्रकृति र संरक्षणको पाटोमा सौराहा जेसीज सदैव लागिरहने बताउनुभयो । उक्त साइकल र्याली अभियानमा चितवन र नवलपुर शाखाका पदाधिकारी, सौराहा…
Read More
सिंहदरबारको फोहर आज पनि उठेन

सिंहदरबारको फोहर आज पनि उठेन

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासनिक थलो सिंहदरबारको फोहर आज पनि नउठाउने भएको छ । मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहर उठेको छैन । आज पनि फोहर नउठ्ने महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनुभयो । फोहर कहिलेदेखि उठाउने भन्ने अनिश्चित छ । सम्बन्धित पक्षबीच वार्ता र सहमति भए पछि मात्रै फोहर उठ्न सक्ने मानन्धरको भनाई छ । मेयर शाहले अस्ति फेसबुकमा स्टाटस लेख्दै सङ्घीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबारको फोहर नउठाउने घोषणा गर्नुभएको थियो । शाहको स्टाटस पछि सिंहदरबारको फोहर उठेन सकेको छैन । महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि सुकुम्बासी समस्या समाधानका लागि असहयोग गरेको भन्दै दबाब दिन महानगरपालिकाले सिंहदरबारको फोहर नउठाएको हो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.