लायन्स क्लब अफ कुमरोजद्वारा राप्ती नदी सरसफाई
रत्ननगर । वाताबरण तथा जलचरप्राणीको संरक्षणको लागि सोमबार राप्ती नदी सरसफाई गरिएको छ । लायन्स क्लव अफ कुमरोज र लियो क्लव अफ चितवन पर्साको सयुक्त आयोजनामा राप्ती नदी सरसफाई गरिएको हो । नदी प्रदुषणका कारण घडियाल गोही संकटमा परेपछि वाताबरण र जलचर प्राणीको संरक्षणको लागि राप्ती नदी सरसफाई गरिएको लायन्स क्लव अफ कुमरोजका अध्यक्ष सानुकाजी कुँवरले जानकारी दिए । कुमरोज सामुदायिक वनको दराई बोटे तालमा आयोजित एक औपचारिक कार्यक्रमका बीच चितवन निकुञ्जका रेन्जर अक्षम चौधरीले उद्घाटन गरेका छन् । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि चौधरीले मानवीय चापका कारण नदीमा बढ्दै गएको प्रर्दुषणले घडियाल लगायत जलचरप्राणीमा गम्भीर असर पुगेको बताए ।…