छात्रालाई अश्लील सामग्री देखाउने शिक्षकलाई एक वर्ष कैद
छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला सुनाएको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद र १५ हजार जरिवाना गर्नुका साथै चार सय पीडित राहतकोषमा जम्मा गर्न भनेको छ । त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही रु १० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको छ । अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो । यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार हुनुहुन्छ । बालयौन दुव्र्यवहार…