बङ्लादेशमा रोहिङ्ग्या शिविरमा भीषण आगलागी हुँदा दुई हजारभन्दा धेरै घर जले, १२ हजार मानिस घरबारविहीन
बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा हिजो भीषण आगलागी हुँदा १२ हजारभन्दा मानिस घरबारविहीन बनेका छन् । उक्त आगलागीबाट शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जलेका छन् । मानिसहरुले भागेर ज्यान बचाउन सफल भएपनि घर र घरभित्र रहेका सामग्री भने जलेर नष्ट भएको जनाइएको छ । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएको बताइएको छ । हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन । अहिले शिविरमा पानी लगायतका आधारभूत वस्तुहरुको आपूर्ति समेत जोखिममा रहेको छ । बङ्लादेशका रोहिङ्ग्या शिविरमा बारम्बार…