भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका
भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा हिजो फेला परेको थियो । भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत चँदारा फागनु १४ गतेका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराराउनुभएको थियो । उहाँको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो । त्यहाँस्थित एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको जनाइएको छ । बाहिर हत्या गरेर लास लुकाउन इनारमा फालेको परिवारको आरोप छ । लास पानीमाथि नआओस् भनेर रुखको…