प्रदेश

रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस्कृतिक घर र खगेरीमा माेटलबाेट मुख्य आकर्षण रहेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य…
Read More
रेवान सौराहाको अध्यक्षमा गिरी र माहासचिवमा नेपाल

रेवान सौराहाको अध्यक्षमा गिरी र माहासचिवमा नेपाल

रत्ननगर । रेष्टुरेन्ट एण्ड बार एशाेसियसन नेपाल(रेवान) साैराहाकाे अध्यक्षमा ध्रुव गिरी चयन भएका छन् । बुधबार सम्पन्न १७औं बार्षिक साधारण सभा नवाैं अधिवेशनले गिरीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे । समितिकाे प्रथम उपाध्यक्षमा सम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जाेशी, काेषाध्यमा कृष्ण प्रसाद खतिवडा, सह काेषाध्क्ष अम्विका भट्ट चयन भएका छन् । सदस्यहरुमा देवकला भट्टराई, पुरुषाेत्तम लामिछाने, धर्मराज न्याैपाने, रामकुमार गुराै, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चाैधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन भएका छन् । लेखा समिति संयाेजकमा राेजनाथ पाठक र सदस्यहरुमा शालिकराम रिजाल, देविलाल श्रेष्ठ चयन…
Read More
रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तिव्र, २९ गते   उद्घाटन हुने

रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तिव्र, २९ गते उद्घाटन हुने

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा हुने पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र पारिएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत पाैष २९ गतेदेखि माघ ४ गते सम्म साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव हुँदै छ । ३२ वटा स्टल रहने खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए । रत्ननगर महाेत्सव टिकाैली चाैरमा २६ गते उद्घाटन हुँदै छ । टिकाैलीमा महाेत्सव गर्दा टाँडी बजार…
Read More
रत्ननगर-१० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रत्ननगर-१० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रत्ननगर, पुस १७ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रत्ननगर-१० मा उद्यमशीलता विकास तालीम व्यवसाय सचेतना, व्यवसाय सुरु तथा लैंगिक सचेतना तालिम मंगलवारबाट सुरु भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशीलता विकास तालीम व्यवसाय सचेतना, व्यवसाय सुरु तथा लैंगिक सचेतना तालिम सुरु भएको हो । रत्ननगर-१० का वडा अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले गरिवी निवारणका लागि गरिएको यस कार्यक्रमले एउटा महत्वपूर्ण कार्य गर्ने र उद्यमशीलता विकास हुने बताए । तालिममा सिकेका सिपलाई तालिममा मात्र होइन व्यवहार ल्याउनुपर्नेमा उनले…
Read More
सौराहाको निकटमा पर्यटकीय सिसै पार्क भिलेज सञ्चालन

सौराहाको निकटमा पर्यटकीय सिसै पार्क भिलेज सञ्चालन

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाको समिपमा रहेको रत्ननगर वडा नं ९ सिसैमा सुविधा सम्पन्न पर्यटकीय रिसोर्ट सञ्चालनमा आएको छ । पूर्व पश्चिम राजमार्गबाट करिब २ किलोमिटर दक्षिण र सौराहाबाट करिब ५ किलोमिटर उत्तरमा सिसै पार्क भिलेज सञ्चालनमा आएको हो । बाग्लुङको हरिकृष्ण उपाध्याय र ललीतपुरका विष्णुहरि शर्मा सुवेदीले करिब २५ करोडको लगानीमा सुविधा सम्पन्न पर्यटकीय होटल सञ्चालनमा ल्याएका हुन् । गत बैशाख १ गतेबाट पर्यटकका लागि खुल्ला गरिएको सो रिसोर्टको औपचारिक उद्घाटन भोली पौष १५ गते अंग्रेजी नयाँ बर्षको अबसर पारेर गरिदै छ । बजारको कोलाहालबाट केही भित्र र पर्यटकीय नगरी सौराहाको समिपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान…
Read More
रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी तीब्र पारिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । संघले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन,…
Read More
बाघमारा सामुदायिक वनको साधारण सभामा संरक्षणकर्मीलाई सम्मान

बाघमारा सामुदायिक वनको साधारण सभामा संरक्षणकर्मीलाई सम्मान

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले एक बर्षमा दुई करोड बढी आम्दानी गरेको छ । शनिवार सम्पन्न सो वनको १९औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा दुई करोड २४ लाख ८१ हजार रूपैया आम्दानी गरेको हो । दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको सो वनले आम्दानी भन्दा बढी दुई करोड ३० लाख ६९ हजार खर्च गरेको छ । चालू आर्थिक बर्षको आम्दानीबाट गत आबको ऋण चुक्ता गर्ने गरि खर्च गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सौराहाको पर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको सो सामुदायिक वनले आम्दानीको अधिकांस…
Read More
अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

रत्ननगर । रत्ननगर वडा नं २ टाँडी स्थित अविरल बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा करिब २६ लाख मुनाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न सो सहकारीको तेस्रो बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा २५ लाख ७७ हजार मुनाफा भएको उल्लेख छ । एक बर्षमा १ करोड २८ लाख १४ हजार आम्दानी गरेको सो सहकारीले १ करोड २ लाख ३६ हजार खर्च कटाएर २५ लाख ७७ हजार मुनाफा भएको सहकारीका व्यवस्थापक भरत दाहालले जानकारी दिए । २०७७ साल फागुन १० गते स्थापना भएको सो सहकारीको कुद शेयर पूँजी ५ करोड २६ लाख ९६ हजार, ऋण…
Read More
अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा सडक महोत्सव हुने

अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा सडक महोत्सव हुने

५ पौष, सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा मनाउने कार्यक्रमको संयोजक विश्वराज पौडेलले जानकारी दिएका छन् । अग्रेजी नयाँ बर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले आगामी पौष १२ खि १६ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । 'सडक मै खाउ, सडक मै…
Read More
सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुनसकेको थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.