रेडियो अर्पण

797 Posts
चार महिनादेखि साउदीमा अलपत्र एक नेपाली महिलाको उद्धार

चार महिनादेखि साउदीमा अलपत्र एक नेपाली महिलाको उद्धार

साउदी अरबमा चार महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ । दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुग्नुभएकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले आङ्बोलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए । महावाणिज्यदूतावासले आङ्बोलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो । गैर–आवासीय नेपाली संघको सहयोगमा उहाँलाई हिजो बुधवार जहाजमार्फत नेपाल पठाएको महावाणिज्यदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।
Read More
बाजुरामा एउटै टोलका सात बालबालिकामा देखियो दादुराको लक्षण

बाजुरामा एउटै टोलका सात बालबालिकामा देखियो दादुराको लक्षण

बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुबेला रोगको लक्षण देखिएको छ । अम्कोट गाउँका एउटै टोलका सात बालबालिकालाई हिजो बुधवार हिजार्व डामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी बिन्दु विष्टले बताउनुभयो । उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ । अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेको स्थानीयले बताएका छन् । एक हप्तादेखि बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिँगान बग्ने समस्या देखा परेको हो । बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकोले नगरपालिका स्वास्थ्य शाखालाई जानकारी…
Read More
वैदेशिक रोजगार विभागमा सेवाग्राहीको नारा जुलुस बढेपछि प्रवेशमा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

वैदेशिक रोजगार विभागमा सेवाग्राहीको नारा जुलुस बढेपछि प्रवेशमा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

सेवाग्राहीले नारा जुलुस गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ । काम गर्ने वातावरण नै प्रभावित भएपछि असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा कडाइ गरिएको विभागले जनाएको छ । अब विभागमा काम परेर जानेहरूले आफ्नो परिचय खुल्ने कागजात बोकेर गएमा मात्र प्रवेश पाउनेछन् । असम्बन्धित व्यक्तिले भने प्रवेश पाउने छैनन् । पछिल्लो समय विभागमा न्याय सम्पादनको काम नगरेको भन्दै सेवाग्राहीले काम चलिरहेकै बेलामा नारा जुलुस गर्ने र अमर्यादित भाषाको समेत प्रयोग गर्ने क्रम बढेको छ । सेवाग्राहीको नारा जुलुस र अन्य गतिविधिका कारण काम गर्ने वातावरण नै प्रभावित भएको भन्दै विभागले काम कारबाहीप्रति केही गुनासो भएमा…
Read More
‘फोर जी’ सेवा गुणस्तर बनाएपछि मात्रै ’फाइभ जी’ लागू गर्न उपयुक्त हुन्छ ः सञ्चार मन्त्री शर्मा

‘फोर जी’ सेवा गुणस्तर बनाएपछि मात्रै ’फाइभ जी’ लागू गर्न उपयुक्त हुन्छ ः सञ्चार मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोर–जी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ–जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ । आज बिहीवार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । देशमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै ठाउँमा सामान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको उहाँको भनाई छ । उहाँले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । फोर जी सेवा लागू गर्दा लागेको लागतअनुसार…
Read More
राष्ट्रपतिको चुनावका लागि मतदाता नामावलीमा सांसद  चौधरीको नाम समावेश गराउन माग

राष्ट्रपतिको चुनावका लागि मतदाता नामावलीमा सांसद चौधरीको नाम समावेश गराउन माग

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दावी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभयो । मतदाता नामावलीमा दावी विरोधका लागि आज बिहीवार दिउँसो १२ बजेसम्मको समय तोकिएको थियो । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।…
Read More
पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि भने रात्रिकालीन सेवा दिन सुरु गर्न लागिएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआर प्रणाली लागू भएसँगै अब उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको र आजदेखि भने रात्रिकालीन सेवा पनि सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । गत पुष १७ गतेदेखि…
Read More
रत्ननगरको वडा नं १५ मा  पहिलोपटक लोकसेवा तयारी कक्षा सुरु

रत्ननगरको वडा नं १५ मा पहिलोपटक लोकसेवा तयारी कक्षा सुरु

चितवनको रत्ननगर नगरपालिकामा सरकारी जागिरका लागि लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । सो नगरपालिकाको वडा नं १५ ले चितवनमै पहिलो पटक लोकसेवा तयारी कक्षाको तालिम सुरु गरेको हो । माधवपुर माविमा आयोजित एक औपचारिक कार्यक्रममा रन्तननगरका नगरप्रमुख मेयर प्रल्हाद सापकोटाले उक्त तालिमको आज बिहिवार उद्घाटन गर्नुभएको छ ।तालिमको उद्घाटन गर्दै नगरपमुख सापकोटाले जग्गा बेचर विदेश जाने चलन स्थापित भएकाले आफ्नै देशमा रोजगारीको सम्भावना देख्ने युवाहरुको कमी भएको बताउनुभयो । आत्मविश्वास र मिहिनेती युवाहरुका लागि स्वदेशमै पैसा कमाउन सक्ने थु्रपै सम्भावना रहेको उहाँको भनाई छ । लोकसेवाको तयारी कक्षा सुरु गर्नुपूर्व वडा कार्यालयले गरिव तथा विपन्न समुदायका युवाहरुलाई प्राथमिकतामा राखेर…
Read More
चितवनमा रोकिएन  सानो उमेरमा आमा बन्ने क्रम

चितवनमा रोकिएन सानो उमेरमा आमा बन्ने क्रम

सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम भने रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् । उनीहरुमध्ये दुई हजार छ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् । यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले घरमानै नवजात शिशु जन्माएका हुन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यसै वर्षबाट राखिएको उक्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म २० वर्ष माथिका…
Read More
उमेर विवादमा परेपछि डीआईजी सिंहले दिए राजीनामा

उमेर विवादमा परेपछि डीआईजी सिंहले दिए राजीनामा

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आज बुधवार राजीनामा दिनुभएको छ । उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उहाँले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएको स्रोतले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहनुभएका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भएको भेटिएपछि उहाँमाथि अनुसन्धान सुरु गरिएको थियो । २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा रहनुहुन्थ्यो । उहाँका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक…
Read More
फ्लोरिडाको वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुईजनाको ज्यान गयो, तीन घाइते

फ्लोरिडाको वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुईजनाको ज्यान गयो, तीन घाइते

फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा हिजो मंगलबार भएको विस्फोट र आगलागीमा परी दुईजनाको ज्यान गएको छ भने अन्य तीनजना घाइते भएका छन् । मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । दुर्घटनाको छानविन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि उक्त दुर्घटना भएको हो । सोमबारको विस्फोटमा एकजनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.