रेडियो अर्पण

797 Posts
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

खाना पकाउने ग्यास चुहिएर भएको आगलागीबाट घाइते भई भारतको मुम्बइको नेशनल बन्र्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । हिजो मंगलबारबाट उहाँ बोल्न थाल्नुभएको छ भने आज बुधवारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ । यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा आजदेखि भने मुखबाटै खाना खुवाइएको सांसद भण्डारीसँगै रहनुभएका योगराज कँडेलले जानकारी दिनुभयो । भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि आठ लिटर अक्सिजन दिइएकोमा आज बिहानदेखि छ लिटरमा झारिएको छ । गत बुधवार राति काठमाडौको घरमा ग्यास लिक भएर आगलागीमा परि घाइते हुनुभएका सांसद भण्डारीलाई उपचारका लागि बिहीबार एअर एम्बुलेन्समार्फत…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा

राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । चौधरीलाई गएको फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माफी गर्नुभएको थियो । चौधरीलाई माफी दिइएको पत्र प्रतिनिधिसभामा सुनाइएपछि अब सांसद चौधरी सबै संसदीय गतिविधिमा सामेल हुन योग्य हुनुभएको छ । सांसद चौधरी आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा जेल पर्नुभएको थियो ।
Read More
बाजुरामा गयो ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरामा गयो ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरामा आज बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो एक बजेर ४५ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Read More
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, संघीय संसदका तीनसय ३१ र प्रदेशका पाँचसय ५० सांसदले मतदान गर्ने

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, संघीय संसदका तीनसय ३१ र प्रदेशका पाँचसय ५० सांसदले मतदान गर्ने

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली सार्वजनिक गरेको हो । राष्ट्रपतिको चुनावका लागि सार्वजनिक भएको नामावली अनुसार संघीय संसदका तीनसय ३१ सांसद र प्रदेश सभाका पाँचसय ५० सदस्यले मतदान गर्ने भएका छन् । संघीय संसदका तीनसय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले भने मतदान गर्न नपाउने हुनुभएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति चुनावको मतदाता नामावलीमा समावेश गरिएको छैन । सरकारले गत शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई आममाफी दिएको भएपनि आममाफीको आधिकारिक जानकारी आइनसकेकाले उहाँको…
Read More
स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी गएराति स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको छ । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको हो । सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत जानुभएको हो । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनुहुने छ ।
Read More
विस्फोटक पदार्थ पड्किंदा पोखरामा दुई बालक घाइते

विस्फोटक पदार्थ पड्किंदा पोखरामा दुई बालक घाइते

पोखरामा हिजो मंगलबार विस्फोटक पदार्थ पड्किंदा दुई बालक घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् । घटना हिजा भएपनि घटना सार्वजनिक भने आज बुधबार मात्रै भएको हो । घाइते दुवै बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा ३३ ठूल्ढुंगामा हिजो मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था सामान्य भएको बताइएको छ । एक बालकको राति नै अपरेसन भइसकेको र एक जनाको भने आज हुने बताइएको…
Read More
चितवन–२ मा रवि लामिछानेविरुद्ध उम्मेदवार उठाउने जनमोर्चाको निर्णय

चितवन–२ मा रवि लामिछानेविरुद्ध उम्मेदवार उठाउने जनमोर्चाको निर्णय

राष्ट्रिय जनमोर्चाले अब आउँदो वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । हिजो मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरेपछि जनमोर्चाले पनि लामिछानेविरुद्ध उम्मेदवारी दिने तयारी गरेको हो । बैठकपछि राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा भनिएको छ–‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको “स्वतन्त्र” पार्टीको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई संघर्षको महत्वपूर्ण मञ्चको रूपमा…
Read More
चितवनमा सात महिनामा मरे चौध गैँडा

चितवनमा सात महिनामा मरे चौध गैँडा

चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९–८० को फागुन ९ गतेसम्ममा निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गरी १४वटा गैँडा मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका हुन् । निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो । अन्य कालगतिले मरेका हुन् । सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैँडा छन्…
Read More
टर्कीमा भुकम्प गएको दुई सातापछि फेरी गयो ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, तीनको मृत्यु, सयौं घाइते

टर्कीमा भुकम्प गएको दुई सातापछि फेरी गयो ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, तीनको मृत्यु, सयौं घाइते

टर्कीमा ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि फेरी हिजो सोमबार६.३ म्याग्नेच्युडको भूकम्प गएको छ । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको उक्त भुकम्पमा परि कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ । टर्कीका अधिकारीहरुले हिजो सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको जनाइएको छ । टर्की र सिरियाका दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको…
Read More
प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्डको) को परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ । अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गर्नुभएका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो । आफूलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको जानकारी प्राप्त भएको तर पत्र बुझ्न र कार्यभार सम्हाल्न बाँकी रहेको डां सापकोटाले जानकारी दिनुभयो । सापकोटाले भोली बुधबारदेखि कार्यभार सम्हाल्नुहुनेछ । यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप–कार्यकारी निर्देशक रहनुभएका सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरासमेत हुनुुहुन्छ । सापकोटाले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आउनुभएको छ । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.