अन्तर्राष्ट्रिय समाचार

देशभरका नागरिकले काठमाडौंका यि पाँच ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन पाउने

देशभरका नागरिकले काठमाडौंका यि पाँच ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन पाउने

काठमाडौ उपत्यकाभन्दा बाहिरका जिल्लाबाट आई उपत्यकामा बसोवास गरेका नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन उपत्यकाभित्र पाँच स्थान तोकिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजो बुधवार एक सूचना निकालेर उपत्यकामा रहेका देशका विभिन्न जिल्लाका बासिन्दाले काठमाडौंबाटै राष्ट्रिय परिचयपत्र बनाउनका लागि स्थान तोकेको जानकारी गराएको हो । विभागको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौबाट बाग्मती प्रदेशका ललितपुर र भक्तपुरबाहेकका सबै जिल्ला र मधेस प्रदेशका पर्सा र धुनषाका बासिन्दाले परिचयपत्र बनाउन सक्नेछन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै मधेस प्रदेशका सप्तरी र सर्लाहीका बासिन्दाले परिचयपत्र बनाउन पाउनेछन् । कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्लासँगै मधेस प्रदेशका सिरहा,…
Read More
रास्वपाको चुनाव चिह्न फेरियो, अब घण्टीमात्रै हुने

रास्वपाको चुनाव चिह्न फेरियो, अब घण्टीमात्रै हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । रास्वपाले यसअघि चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’ रहेकोमा त्यसलाई बदलेर ‘घण्टी’मात्रै राखेको हो । पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । केन्द्रीय समितिले चुनाव चिन्हमा रहेको गोलाकार घेरा हटाउने निर्णय गरेकाले निर्वाचन आयोगले पनि त्यहीअनुसार अनुमति दिइसकेको बताइएको छ । उक्त चुनाव चिह्न बोल्न, लेख्न र प्रचार प्रसार गर्नका लागि सहज होस् भन्ने ध्येयले राखिएको अर्यालको भनाई छ । गोलाकारभित्रको घण्टी भन्दा लामो र भद्धा भएकाले घण्टी मात्रै भन्न सजिलो हुने हुनाले चुनाव चिन्हमा फेरबदल गरिएको अर्यालले जानकारी दिनुभयो । गत निर्वाचनमा गोलाकारभित्रको घण्टी…
Read More
प्रधानमन्त्री प्रचण्डको काँधमा परेका मन्त्रालयको संख्या सोह्र पुग्यो

प्रधानमन्त्री प्रचण्डको काँधमा परेका मन्त्रालयको संख्या सोह्र पुग्यो

नेकपा एमालेले हिजो सोमबार सरकारबाट बाहिरिने निर्णय लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने मन्त्रालयको संख्या १६ पुगेको छ । यसअघि आठवटा मन्त्रालय सम्हालुभएका प्रचन्डको काँधमा हिजो एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै थप आठ मन्त्रालयसहित १६ वटा पुगेका हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री गरी आठ वटा मन्त्रालयष्को जिम्मेवारी आफैँसँग राख्नुभएका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले हिजो राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आईपुगेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोक्नुभएको हो । एमालेले छाडेपछि अर्थ, कृषि,…
Read More
प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ । गत फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. शर्मालाई प्रधानमन्त्री दाहालको निजी चिकित्सक नियुक्त गरेको हो । प्रा.डा. शर्माले हिजो सोमबार नियुक्तिपत्र बुझेको बताइएको छ । पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘इन्टर्नल मेडिसिन’ विभागमा कार्यरत हुनुहुन्छ । प्रा.डा. शर्माले इन्टरनल मेडिसिन र ग्यास्ट्रोइन्टेरोलोजीमा एमडी गर्नुभएको छ ।
Read More
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलिदेखि आचारसंहिता लागू हुने

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलिदेखि आचारसंहिता लागू हुने

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलि १७ गते बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको…
Read More
अभिनेता पल शाह थुनामुक्त

अभिनेता पल शाह थुनामुक्त

नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहनुभएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा हुनुभएको छ । नाबालिग बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात् फागनु १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गर्नुभएका शाह हिजो उच्च अदालत पोखराबाट सफाइ पाएपछि तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर आज फागनु १५ गते नै थुनामुक्त हुनुभएको हो । शाहलाई लिन उहाँका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्रै गएका थिए । उनीहरुले खादा र माला लगाएर शाहको स्वागत गरेका छन् । जिल्ला अदालत नवलपुरले उहाँलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि…
Read More
भारतबाट आएको ८० हजार लिटर डिजेलमा मिसावट भेटियो

भारतबाट आएको ८० हजार लिटर डिजेलमा मिसावट भेटियो

भारतबाट नेपालमा आएको चार वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको चार वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो । निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती चार वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो । भारतबाट आएको चार वटा ट्यांकरमा भएको ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । अहिले झापाको चारआली शाखामा रहेको चार वटा ट्यांकरको डिजेलको अनुसन्धान भइरहेको बताइएको छ । डिजेलमा मटीतेल मिसावटको आशंका भएकाले छानबिन समितिले मिसावटको…
Read More
प्रधानमन्त्री प्रचण्ड आउँदो  शुक्रवार कतार जाँदै

प्रधानमन्त्री प्रचण्ड आउँदो शुक्रवार कतार जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन अब आउँदो शुक्रवार कतार जानु हुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड कतार जान लाग्नुभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । कतारमा प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ । नेपाली दूतावास र त्यहाँ रहेको नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनु हुनेछ ।…
Read More
चार महिनादेखि साउदीमा अलपत्र एक नेपाली महिलाको उद्धार

चार महिनादेखि साउदीमा अलपत्र एक नेपाली महिलाको उद्धार

साउदी अरबमा चार महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ । दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुग्नुभएकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले आङ्बोलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए । महावाणिज्यदूतावासले आङ्बोलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो । गैर–आवासीय नेपाली संघको सहयोगमा उहाँलाई हिजो बुधवार जहाजमार्फत नेपाल पठाएको महावाणिज्यदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।
Read More
वैदेशिक रोजगार विभागमा सेवाग्राहीको नारा जुलुस बढेपछि प्रवेशमा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

वैदेशिक रोजगार विभागमा सेवाग्राहीको नारा जुलुस बढेपछि प्रवेशमा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

सेवाग्राहीले नारा जुलुस गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ । काम गर्ने वातावरण नै प्रभावित भएपछि असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा कडाइ गरिएको विभागले जनाएको छ । अब विभागमा काम परेर जानेहरूले आफ्नो परिचय खुल्ने कागजात बोकेर गएमा मात्र प्रवेश पाउनेछन् । असम्बन्धित व्यक्तिले भने प्रवेश पाउने छैनन् । पछिल्लो समय विभागमा न्याय सम्पादनको काम नगरेको भन्दै सेवाग्राहीले काम चलिरहेकै बेलामा नारा जुलुस गर्ने र अमर्यादित भाषाको समेत प्रयोग गर्ने क्रम बढेको छ । सेवाग्राहीको नारा जुलुस र अन्य गतिविधिका कारण काम गर्ने वातावरण नै प्रभावित भएको भन्दै विभागले काम कारबाहीप्रति केही गुनासो भएमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.