हात्तीपाइले रोगको औषधी सेवन अभियानमा ५५ प्रतिशत सहभागी
हात्तीपाइले रोगको रोकथामका लागि हात्तीपाइले औषधी खुवाउने अभियानमा ५५ प्रतिशत सहभागी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मन्त्रालयले संक्रमण जोखिम देखिएका १५ जिल्लामा गत बिहीबारदेखि एकसाथ हात्तीपाइले विरुद्ध औषधी सेवन अभियान सुरु गरेको हो । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ, र कैलालीमा भएका ९८ लाख जनसंख्या मध्ये करिव ५४ लाख जनाले औषधी सेवन गरिसकेको महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले बताउनुभयो ।सो अभियान आगामी बिहीबारसम्म जारी रहने जनाइएको छ । यसैबीच, मलेरिया रोग तथा लुतो, जुकाको संक्रमणबाट समेत मुत्त हुन सकिने भएकाले हात्तीपाइले रोगको…